एनटर्क १२५ रेस एडिसन अब नयाँ रंग विकल्पमा
वि.सं.२०७९ चैत ३० बिहीवार १५:३७
shares

टीभीएस मोटर्सले नेपाली बजारको लागि एनटर्क १२५ रेस एडिसन नयाँ रंगमा सार्वजनिक गरेको छ । नेपालको लागि टीभीएसको आधिकारिक वितरण जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन मरिन ब्लु (निलो) रंगमा सार्वजनिक गरेको हो ।
यसभन्दा अघिसम्म एनटर्क रेस १२५ रातो र पहेँलो गरी दुई रंग विकल्पमा मात्रै उपलब्ध थिए । विशेष युवा पुस्तामाझ एनटर्क १२५ को रेस एडिसन प्रख्यात छ । कम्पनीले सार्वजनिक गरेको नयाँ रंगको एनटर्क १२५ रेस एडिसनको मूल्य दुई लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ । रातो र पहेँलो रंगको एनटर्क १२५ रेस एडिसनको बजार मूल्य भने दुई लाख ७९ हजार नौ सय रुपैयाँ छ ।
स्कुटरमा पुरै एलइडी लाइट पाउन सकिन्छ । यसमा डिजिटल स्पिडोमिटर र ट्रिपमिटर छ । यो कुटर स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्ममार्फत सञ्चालित छ । यसकारण स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । जसमा ६० भन्दा बढी सुविधाहरू पाउन सकिन्छ ।
यसमा १२४.८ सीसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, ३-भल्भ, एयर कुल्ड इन्जिन छ । यसले ७ हजार आरपीएममा ६.९ किलोवाट पावर र ५ हजार पाँच सय आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा जडान भएको इन्जिन बीएस-६ नर्म्समा आधारित छ ।
एनटर्क १२५ रेसको लम्बाई १,८६१ एमएम, चौढाई ७१० एमएम र उचाई १,१६४ एमएम छ । यसको ह्विलबेसमा भने १,२८५ एमएम छ भने ग्राउन्ड क्लेरेन्स १८० एमएम छ। स्कुटरमा ५.८ लिटरको इन्धन ट्यांक पाउन सकिन्छ ।
एनटर्क १२५ रेस एडिसनमा १२ इन्चको ट्युबलेस टायर पाउन सकिन्छ । राम्रो ह्विलबेस र ग्राउन्ड क्लेरेन्सका साथै टायर पनि ठूलो हुनाले यो स्कुटरलाई नेपाली भू-भागको लागि उपयुक्त मान्न सकिन्छ ।

























