काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘कबड्डी ४’ बन्यो यो बर्षको सर्वाधिक कमाउने चलचित्र

7.62K
shares

बर्ष २०७९ मा सबैभन्दा धेरै कमाउने चलचित्र ‘कबड्डी ४’ बनेको छ ।

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शित नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । जसमा २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको हो । कबड्डी ४ का ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ ।

कन्नड फिल्म ‘केजीएफ २’ले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको जनाइएको छ । ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ ।

यस वर्ष नेपालमा नेपालीसहित १३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाएको छ ।