global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकद्वारा मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना (फागुनसम्म)को मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ ।

यस अवधिसम्म मुलुकको शोधनान्तर अवस्था १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । शोधनान्तर अवस्थामा गत असोज महिनायता निरन्तर सुधार भएको हो । मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो ।

गत वर्षको यसै अवधिको तुलनामा चालु खाताको घाटामा कमी आए पनि अघिल्लो महिना अर्थात माघको तुलनामा भने बढेको छ । समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । माघ महिनामा भने चालु खाता घाटा २९ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । यता, अघिल्लो वर्षको फागुनसम्ममा भने चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

चालु आर्थिक वर्षको ८ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति करिब ११ महिना २ दिनको वस्तु आयात र ९ महिना १६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः २८.९ , ७८.५ र २४.२ प्रतिशत रहेका छन् ।

अवधिमा विदेशी मुद्रा सञ्चिति १५.२ प्रतिशत ले बढेको छ । असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकामा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२.१ प्रतिशतले बढेर १० अर्ब ६९ करोड डलर कायम भएको छ ।

पूर्णपाठ :

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु