global ime bank Long Banner Ad

गृहपृष्ठ २७.२१ अंकले बढ्यो नेप्से, ९४ करोड ५२ लाखको कारोबार

२७.२१ अंकले बढ्यो नेप्से, ९४ करोड ५२ लाखको कारोबार

२७.२१ अंकले बढ्यो नेप्से, ९४ करोड ५२ लाखको कारोबार

नेप्से परिसूचक २७.२१ अंकले बढेको छ । मंगलबार २७ अंकले नेप्से परिसूचक उकालो लागे पनि कारोबार भने एक अर्बभन्दा कम रहेको छ ।

आज ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित सेयर कारोबार भएको छ । २६२ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा कालिञ्चोक केवलकारका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा छन् । यस्तै आर्दश लघुवित्तका लगानीकर्ताले समेत कमाएका छन् ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावरको ३.५४ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, प्राइम बैंकको डिभेन्चर, एनसीसी डिभेन्चर २०८६, एनआइबीएल प्रगति फण्ड लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशतले बढेको छ । यस्तै, वित्त र विकास बैंक समूहको परिसूचक २.४३ र २.३५ प्रतिशतले बढेको छ ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु