काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

9.53K
shares

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।