global ime bank Long Banner Ad

गृहपृष्ठ आज टेबल टेनिसको १० सदस्सीय टोली कोरिया जाँदै

आज टेबल टेनिसको १० सदस्सीय टोली कोरिया जाँदै

आज टेबल टेनिसको १० सदस्सीय टोली कोरिया जाँदै

आज दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरु दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । उक्त प्रतियोगितमा भाग लिनका लागि ९ खेलाडी सहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन ।

सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।दक्षिण कोरिया जान लागेका टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरेका छन् ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु