काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्छ–अध्यक्ष नेपाल

7.1K
shares

देश विकासको लागि राजनीतिमा जोडिएका नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । काठमाडौंमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूको हरिबिजोग भएको भन्दै उनले पार्टीसँग जोडिएका हरेक नेताहरूले जनतालाई दुख हैन सेवा दिने कार्य गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘लगानीकिर्ताहरुको हरिबिजोग भएको छ । जनतालाई दुख दिने हैन सेवा दिने काम गर्नुपर्छ । देश विकासको लागि जनतालाई सहयोग पु¥याउने काम गर्नुपर्छ ।’ कामको जिम्मा लिएपछि त्यसलाई निरन्तरता दिन सकेमा हरेक कार्यमा सफल हुन सकिने उनको भनाई छ । उनले देश र जनताको लागि नीति नियम र कानूनहरूलाई कार्यान्वयन गर्दै एक आपसमा मिलेर काम गर्नु पर्ने बताएका छन् ।