काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ब्राजिललाई हराउँदै इंग्ल्यान्डले जित्याे फाइनलिसिमाको उपाधि

5.88K
shares

इंग्ल्यान्डले महिला फाइनलिसिमाको उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा बिहीबार राति ब्राजिललाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा इंग्ल्यान्डका एलेक्स ग्रीनउड, च्लोए केली, राचेल डेली र जर्जिया स्टानवेले गोल गरिन् । तर, इला टोनी पेनाल्टीमा चुकिन् । ब्राजिलका एड्रिना र केरोलिनले गोल गर्दा राफेली सौजा र डियास डी ब्रिटो गोल गर्न चुकेकी थिइन् ।

इला टोनीले २३ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको इन्जुरी समयमा आन्द्रेसा अल्भेसले गोल गर्दै ब्राजिललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।