काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई पे र एम बैंकबीच सम्झौता

6.49K
shares

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्था तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पेमा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपालीले सेवा लिइरहेका छन् । आइएमई पेका देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।