सूर्य नेपालको ‘मिन्ट-ओ बाइट’ टफी बजारमा
वि.सं.२०७९ चैत २४ शुक्रवार ११:४५
shares

सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन ‘मिन्ट-ओ बाइट’ टफी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
‘फ्रेशनेस इन एभरी बाइट’को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ‘ट्विस्ट र्याप प्याक’मा उपलब्ध हुनेछ । मिन्ट-ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको प्रयोगले शीतलताको आभासका साथै ‘रिफ्रेशिङ’ अनुभव गराउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मिन्ट स्वादले ताजा श्वासका साथै आत्मविश्वास पनि जगाउने बताइएको छ । अक्वा निलो र्यापरमा उपलब्ध मिन्ट-ओ बाइट बजारमा अरू उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।
मिन्ट स्वाद रुचाउने ग्राहकहरूले मिन्ट-ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्ट-ओ बाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटमा उपलब्ध हुनेछ ।

























