गृहपृष्ठ सरकारका सय दिन उपलब्धीहीन रहे –सांसद पन्त
सरकारका सय दिन उपलब्धीहीन रहे –सांसद पन्त
नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको भन्दै कटाक्ष गरेका छन्। बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारले एक सय दिन पूरा गरेको विषयमा कटाक्ष गरेका हुन ।
सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरू सार्वजनिक गरेको तर त्यसमा कुनैपनि कुरा महत्त्वपूर्ण नपाएको उनले बताएका छन्। उनले सय दिनसम्म मन्त्रिपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आश राख्न नसक्ने उल्लेख गरेका छन् ।
सांसद पन्तले भने, ‘सरकार गठन भएको १०० दिन पुगेछ। गोरखापत्रको दुई पेजमा सरकारले गरेका कामहरू भनेर ३७ बुँदाहरू राखिएछ। एउटा बुँदा छुटेछ। त्यो के भन्दा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यता नेपालका अस्पतालमा कति बालबालिकाहरू जन्मे त्यसको उल्लेख भएनछ। कति पानी परेका छ, कति घाम लाग्यो त्यो पनि उल्लेख भएनछ।
उनले भने, यो देशका किसानहरूको बारेमा समस्या समाधानका लागि विषयमा कुनै चर्चा छैन, मुलुकको आर्थिक अवस्थाबारे चर्चा नै छैन। एउटासँग विवाह गरेर अर्कोसँग बसेको यो सरकार अहिलेसम्म १०० दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरू के आश गर्नु ?जनतालाई कुनै सेवा नदिने अनि कराएर हुन्छ ? सरकार उपलब्धीहीन छ।’
प्रकाशित समय : १५:१७ बजे

















