गृहपृष्ठ काठमाडौंस्थित बालाजूस्थित बाईसधारामा स्नान मेला

काठमाडौंस्थित बालाजूस्थित बाईसधारामा स्नान मेला

काठमाडौंस्थित बालाजूस्थित बाईसधारामा स्नान मेला

बिहीवार काठमाडौंस्थित बालाजूस्थित बाईसधारामा स्नान मेला लागेको छ । बाइसधारमा नुहाएपछि मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । सोही कारण बाइसधारामा स्नान गर्नेहरुको भिड विहानैबाट लाग्ने लगेको छ ।

धारामा स्नान गरेमा लुतो, खटिरा जस्ता छालाजन्य रोग हराउने विश्वास रहेको हुनाले पनि मेलामा बालबालिका देखि वृद्धवृद्धासम्मको उपस्थिति रहेको छ । मेलामा विशेष गरी हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आउने गरेका छन् । बाईसधारा मल्लकालीन राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा २१ धारा निर्माण गरेका थिए । बि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पु¥याएपछि उक्त स्थान बाइसधाराका नामले चिनिन थालेको हो ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु