गृहपृष्ठ एसईई अपडेटः २ सय भन्दा बढी नक्कली परीक्षार्थी पक्राउ

एसईई अपडेटः २ सय भन्दा बढी नक्कली परीक्षार्थी पक्राउ

एसईई अपडेटः २ सय भन्दा बढी नक्कली परीक्षार्थी पक्राउ

मोरङको विभिन्न तीन परिक्षा केन्द्रबाट दुई दिनको अवधिमा २ सय भन्दा बढि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिईरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

केराबारी गाउँपालिका ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट १२७ जना र सुन्दरहरैचा नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालयबाट २० जना, ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आज पक्राउ परेका नक्कली विद्यार्थी सामाजिक विषयको परीक्षा दिईरहेका थिए ।

बुधबार ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप(महानगरपालिका वडा नं.५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू पक्राउ परेपछि प्रहरीले थप दुई सय जनालाई पक्राउ गरेको हो ।नक्कली परीक्षार्थीको सम्वन्धमा आवश्यक छानवीन कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु