गृहपृष्ठ अमेरिकामा आयो आँधीः ५ जनाको मृत्यु
अमेरिकामा आयो आँधीः ५ जनाको मृत्यु
आज बिहान आएको आँधीमा परी अमेरिकामा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ ।
आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन्भने विद्युत् आपूर्तिमा अवरोध भएको छ । प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् ।
प्रकाशित समय : १३:४४ बजे


















