गृहपृष्ठ विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्छ –सांसद शाही

विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्छ –सांसद शाही

विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्छ –सांसद शाही

विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने र कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन् ।

प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने सांसद शाहीले बताएका छन्। उनले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि हरेक दिन बेरोजगारीको संख्या बढिरहेको बताए। हालका प्रधानमन्त्री र यसअघिका प्रधानमन्त्रीहरूलाई विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्ने बताएका छन्।

‘प्रदेश दुई कारणले मात्रै आवश्यक छ। एउटा पहिचानका लागि र अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ। संघीयता काहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ उनले भने।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु