लुम्बिनी विकास बैंकको एटीएम कञ्चनपुरमा
वि.सं.२०७९ चैत २१ मंगलवार १८:११
shares

लुम्बिनी विकास बैंकले थप नयाँ एटीएमको विस्तार गरेको छ । बैंकले साेमबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटीएमको विस्तार गरेको हाे ।
उक्त एटीएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझाले गरेका छन् । बैंकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाबाट एटीएम सेवा सुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउन पहल गरेको कम्पनीले जनाएकाे छ ।
बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडले जम्मा १९ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

























