global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएकाे छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि २५ रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु