गृहपृष्ठ ऋणको ब्याजदर १० वर्षअघि फर्कियो

ऋणको ब्याजदर १० वर्षअघि फर्कियो

ऋणको ब्याजदर १० वर्षअघि फर्कियो

फर्की हेर्दा १० वर्षयता बैंकिङ क्षेत्रमा धेरै परिवर्तन आयो । ब्याजदेखि ऋण आदिमा अनेक उतारचढाव देखिए । यति बेला भने वाणिज्य बैंकहरूले प्रवाह गर्दै आएको कर्जाको औसत ब्याजदर त्यही १० वर्षअघिको अवस्थामा आइपुगेको छ ।

अर्थात् एक दशकअघि बैंकहरूले जति ब्याजदरमा कर्जा प्रवाह गरेका थिए, त्यही हाराहारीमा यति बेला बैंकहरूबाट ऋण प्रवाह भइरहेको छ । तर एक दशकअघिको तुलनामा अहिले निक्षेपको ब्याजदर र बैंकको आधार दर भने धेरै बढी छ ।

बैंकहरूकै तथ्यांकलाई आधार मान्दा गत माघमा वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत छ । यो एक दशकअघिकै बराबर हो । ०६९ असारमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो । यस अवधिमा कर्जाको ब्याजदर घटेर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म पनि झरेको छ ।

एक दशकमा ब्याजदरको प्रवृत्ति हेर्दा संकटका बेला ब्याजदर घटेको छ भने संकटबाट अर्थतन्त्र सामान्य अवस्थामा फर्किंदा ब्याजदर बढेको देखिन्छ । यसअनुसार ०७२ सालको विनाशकारी भूकम्पअघि कर्जाको ब्याजदर औसत ९.५७ प्रतिशत थियो ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु