global ime bank Long Banner Ad

गृहपृष्ठ ऋणको ब्याजदर १० वर्षअघि फर्कियो

ऋणको ब्याजदर १० वर्षअघि फर्कियो

ऋणको ब्याजदर १० वर्षअघि फर्कियो

फर्की हेर्दा १० वर्षयता बैंकिङ क्षेत्रमा धेरै परिवर्तन आयो । ब्याजदेखि ऋण आदिमा अनेक उतारचढाव देखिए । यति बेला भने वाणिज्य बैंकहरूले प्रवाह गर्दै आएको कर्जाको औसत ब्याजदर त्यही १० वर्षअघिको अवस्थामा आइपुगेको छ ।

अर्थात् एक दशकअघि बैंकहरूले जति ब्याजदरमा कर्जा प्रवाह गरेका थिए, त्यही हाराहारीमा यति बेला बैंकहरूबाट ऋण प्रवाह भइरहेको छ । तर एक दशकअघिको तुलनामा अहिले निक्षेपको ब्याजदर र बैंकको आधार दर भने धेरै बढी छ ।

बैंकहरूकै तथ्यांकलाई आधार मान्दा गत माघमा वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत छ । यो एक दशकअघिकै बराबर हो । ०६९ असारमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो । यस अवधिमा कर्जाको ब्याजदर घटेर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म पनि झरेको छ ।

एक दशकमा ब्याजदरको प्रवृत्ति हेर्दा संकटका बेला ब्याजदर घटेको छ भने संकटबाट अर्थतन्त्र सामान्य अवस्थामा फर्किंदा ब्याजदर बढेको देखिन्छ । यसअनुसार ०७२ सालको विनाशकारी भूकम्पअघि कर्जाको ब्याजदर औसत ९.५७ प्रतिशत थियो ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु