global ime bank Long Banner Ad

गृहपृष्ठ गृहमन्त्री र गृहसचिव : लाखौं बुझेको हिसाब छैन

गृहमन्त्री र गृहसचिव : लाखौं बुझेको हिसाब छैन

गृहमन्त्री र गृहसचिव : लाखौं बुझेको हिसाब छैन

सूत्र/सुराकी परिचालनका लागि गृहमन्त्री र गृह सचिवलाई बेहिसाब नगद दिन थालिएयता सबैभन्दा बढी निकासा गत आर्थिक वर्ष २०७८/७९ मा भएको पाइएको छ । त्यस वर्ष तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले ७६ लाख रुपैयाँ र गृह सचिव टेकनारायण पाण्डेले ९२ लाख ९७ हजार रुपैयाँ लिएको तथ्यांक छ ।

गृहमन्त्रीका लागि मात्रै भने सबैभन्दा बढी ०६२/६३ मा १ करोड १९ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरिएको थियो, त्यस वर्ष गृह सचिवले लिएको रकम भने कम छ ।

सुराकी परिचालनका लागि सरकारले गृहमन्त्री र सचिवलाई २०४७ जेठबाट नगद दिन थालेको हो । उक्त शीर्षकमा अहिलेसम्म २४ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ । यसबीचमा ३१ जना गृहमन्त्री र ३० जना गृह सचिव भएकामा छोटो समय गृह मन्त्रालय सम्हालेका मन्त्रीबाहेक सबैले उक्त रकम लिएका हुन् । संसद्को सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले दुरुपयोग रोक्न पटक–पटक दिएका सुझाव र निर्देशनलाई बेवास्ता गर्दै गृहमन्त्री र सचिवलाई मन्त्रालयले सुराकी रकम वितरण गर्दै आएको छ । हिसाब नदेखाइएकाले उक्त खर्चको लेखापरीक्षण भएको छैन ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु