गृहपृष्ठ पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग

पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग

पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौंको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो ।

फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवं व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमा लड्ने उनको योजना चकनाचुर भएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले अश्लील चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्प विरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन् । उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएका बताएका छन् ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु