गृहपृष्ठ सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख आठ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : १२:०० बजे



















