गृहपृष्ठ चितवन-२ मा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने
चितवन-२ मा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने
dav
नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उमेश श्रेष्ठलाई रोक्दै जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।
चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यसअघि मंसिर ४ को निर्वाचनमा नेपाली काँग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । श्रेष्ठ दोस्रो ठूलो मत ल्याएर पराजित भएका थिए ।
प्रकाशित समय : ११:४९ बजे



















