गृहपृष्ठ दलहरुसँग छलफल गरेपछि प्रचण्ड चितवन उडे
दलहरुसँग छलफल गरेपछि प्रचण्ड चितवन उडे
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
छलफल लगत्तै चितवन गएका प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभागी हुने कार्यक्रम छ ।
चितवनबाट फर्केपछि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
बुधबार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाटमा मोटामोटी समहति भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारका लागि तयारी थालेका हुन् ।
प्रकाशित समय : ११:३२ बजे



















