गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:१४ बजे