global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

एभरेष्ट बैंकले ग्लोबल मनी विक मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो ।

किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेकाे बैंकले जनाएकाे छ ।

कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानीपुर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मदत गर्ने बैंकले जनाएकाे छ ।

भारतकाे पञ्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु