गृहपृष्ठ केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०६:३६ बजे


















