global ime bank Long Banner Ad

गृहपृष्ठ बजारमा एक खर्ब घट्यो पैसा

बजारमा एक खर्ब घट्यो पैसा

बजारमा एक खर्ब घट्यो पैसा

पछिल्लो पटक बजारमा तरलता अभाव गहिरिँदै जाँदा पैसा हराएको आशंका गरिएको छ । उद्योग व्यवसायी तथा व्यापारीहरूले, राजनीतिज्ञले वा सर्वसाधारण जनताले बैंकमा नभएर पैसा घरमै राखिदिँदा क्यास साइकल (पैसाको चक्र)मा नै प्रभाव परी तरलता अभावको सिर्जन भएको बताइएको छ । तर केन्द्रीय बैंक भने पैसा कतै नहराएको दाबी गर्छ ।

पछिल्लो तथ्यांकअनुसार ६ खर्ब २८ अर्ब रुपैयाँ क्यास बजारमा चलनचल्तीमा रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.९२ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८/७९ को असोज ३१ मा यस्तो नगद प्रवाह बजारमा ७ खर्ब २८ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको थियो । तर यो क्रमशः घट्दै ६ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । यद्यपि यो पूर्णरूपमा सिस्टम बाहिरको पैसा भने होइन ।

उसो त पछिल्लो पटक ८.५ प्रतिशत पुगेको अन्तरबैंक ब्याजदर घटेर अहिले ७ प्रतिशतमा झरेको छ । यस्तै बैंकहरूले केन्द्रीय बैंकसँग लिने कर्जा सापटी एसएलएफ, एसएलआर दुवै घटेको अवस्था छ ।

दैनिक/ओभरड्राफ्ट/ओभरनाइट सुविधा घटेर १८–२० अर्बमा झरेको छ भने बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पुस मसान्तसम्ममा ८६.५३ प्रतिशत कायम भएको छ ।

प्रकाशित समय : ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु