गृहपृष्ठ बजारमा एक खर्ब घट्यो पैसा

बजारमा एक खर्ब घट्यो पैसा

बजारमा एक खर्ब घट्यो पैसा

पछिल्लो पटक बजारमा तरलता अभाव गहिरिँदै जाँदा पैसा हराएको आशंका गरिएको छ । उद्योग व्यवसायी तथा व्यापारीहरूले, राजनीतिज्ञले वा सर्वसाधारण जनताले बैंकमा नभएर पैसा घरमै राखिदिँदा क्यास साइकल (पैसाको चक्र)मा नै प्रभाव परी तरलता अभावको सिर्जन भएको बताइएको छ । तर केन्द्रीय बैंक भने पैसा कतै नहराएको दाबी गर्छ ।

पछिल्लो तथ्यांकअनुसार ६ खर्ब २८ अर्ब रुपैयाँ क्यास बजारमा चलनचल्तीमा रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.९२ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८/७९ को असोज ३१ मा यस्तो नगद प्रवाह बजारमा ७ खर्ब २८ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको थियो । तर यो क्रमशः घट्दै ६ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । यद्यपि यो पूर्णरूपमा सिस्टम बाहिरको पैसा भने होइन ।

उसो त पछिल्लो पटक ८.५ प्रतिशत पुगेको अन्तरबैंक ब्याजदर घटेर अहिले ७ प्रतिशतमा झरेको छ । यस्तै बैंकहरूले केन्द्रीय बैंकसँग लिने कर्जा सापटी एसएलएफ, एसएलआर दुवै घटेको अवस्था छ ।

दैनिक/ओभरड्राफ्ट/ओभरनाइट सुविधा घटेर १८–२० अर्बमा झरेको छ भने बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पुस मसान्तसम्ममा ८६.५३ प्रतिशत कायम भएको छ ।

प्रकाशित समय : ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु