गृहपृष्ठ नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री दाहाल ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहीबार नेपाल र युएईबीचको प्रतिस्पर्धा हेर्न पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिरः प्रदीपराज वन्त÷रासस
आइसीसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन् । ‘नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई !’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पनि पुगेका थिए । आज भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटका लागि छानिएको हो ।
प्रकाशित समय : २०:११ बजे



















