global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु हुँदै

बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु हुँदै

बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु हुँदै

बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।

फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.४२ प्रतिशत ब्याजदर दिएको थियो ।

चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ।

वाणिज्य बैंकले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र वित्त कम्पनीले भने मुद्दतीको ब्याजदर पनि सामान्य घटाएका छन् ।

विकास बैंकहरूले मुद्दतीको ब्याजदर ११.७५ प्रतिशतबाट ११.६० प्रतिशत कायम गर्दा बचतमा फागुनसम्म ६.७५ देखि ८.७५ प्रतिशत थियो । आज चैत १ गतेदेखि ६.६ देखि ८.६ प्रतिशत कायम भएको छ ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु