गृहपृष्ठ रास्वपा बाग्मती प्रदेशको अधिवेशन हेटौडामा, लम्साल र ढकालबीच प्रतिस्पर्धा
रास्वपा बाग्मती प्रदेशको अधिवेशन हेटौडामा, लम्साल र ढकालबीच प्रतिस्पर्धा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन आज हुँदैछ । बागमती प्रदेशको पहिलो अधिवेशन आज प्रदेश सदरमुकाम हेटौंडामा हुँदैछ ।
प्रदेश सभापति अच्युत्तम लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् भने केन्द्रीय सभापति रवि लामिछानेले उद्घाटन गर्ने तय भएको छ । प्रदेश सभापतिका लागि उत्सव अर्याल र डा. रमेश ढकाल आकांक्षीका रूपमा चर्चामा रहेका छन् ।
प्रकाशित समय : ०७:३९ बजे



















