गृहपृष्ठ पृथ्वी शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पृथ्वी शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
विदेशी नागरिकको रकम ठगी गरेको अभियोग लागेका पृथ्वी शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सो आदेश दिएको हो । शाहसहित २० जनाविरुद्ध ठगी सार्वजनिक लिखत किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको छ ।
पक्राउ परेकाहरूलाई सोमबार थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएकाे छ । शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र एकलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ ।
प्रकाशित समय : १३:४७ बजे



















