गृहपृष्ठ सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी मर्ज भई ‘सलिको’ अर्थात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेकाे हाे ।
कम्पनीको प्रधान कार्यालयमा सोमबार विशेष पूजा तथा कार्यक्रम गरी एकीकृत काराेबार थालिएकाे हाे । साेमबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीको तर्फबाट तीन/तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साविक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवर्द्धने, सिद्धार्थ मणी राजभण्डारी, गजेन्द्रलाल श्रेष्ठ र साबिक लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट मनोहर दास मुल, अरुणराज श्रेष्ठ, कमल भटृराई गरी ६ जनाको सञ्चालक समितिको गठन गरिएको हाे ।
त्यसैगरी बैठकले साविकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मुलले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रकाशित समय : १३:१९ बजे



















