global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन १६ सय रूपैयाँ बढ्यो सुनकाे मूल्य

एकैदिन १६ सय रूपैयाँ बढ्यो सुनकाे मूल्य

एकैदिन १६ सय रूपैयाँ बढ्यो सुनकाे मूल्य

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाँ वृद्धि हाे ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु