गृहपृष्ठ पीएनजीविरूद्ध सन्दीपको शानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
पीएनजीविरूद्ध सन्दीपको शानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य

आइसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरूद्ध नेपाली टिमका पूर्वकप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरेका छन् ।
पीएनजीबाट नेपालले जितको लागि मात्र ९६ रनको लक्ष्य पाएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङसामु खुलेर ब्याटिङ गर्न सकेन । पीएनजीले ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाउन सक्यो ।
पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चार्ल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर २५ रन दिँदै ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।
विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । नेपालले विश्वकप लिग-२ को अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईविरूद्ध खेल्नेछ ।
नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो ।
प्रकाशित समय : ११:५८ बजे