global ime bank Long Banner Ad

गृहपृष्ठ पीएनजीविरूद्ध सन्दीपको शानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य

पीएनजीविरूद्ध सन्दीपको शानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य

पीएनजीविरूद्ध सन्दीपको शानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य

आइसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरूद्ध नेपाली टिमका पूर्वकप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरेका छन् ।

पीएनजीबाट नेपालले जितको लागि मात्र ९६ रनको लक्ष्य पाएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङसामु खुलेर ब्याटिङ गर्न सकेन । पीएनजीले ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाउन सक्यो ।

पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चार्ल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर २५ रन दिँदै ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । नेपालले विश्वकप लिग-२ को अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईविरूद्ध खेल्नेछ ।

नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु