global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सरकारमा जाने तयारी छैन, परिस्थितिको मूल्यांकन गरिरहेका छाैं’

‘सरकारमा जाने तयारी छैन, परिस्थितिको मूल्यांकन गरिरहेका छाैं’

‘सरकारमा जाने तयारी छैन, परिस्थितिको मूल्यांकन गरिरहेका छाैं’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।

साेमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,’ उनले भने ।

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु