global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो । कुल २६० कम्पनीको आइतबार ४७ लाख ७२ हजार कित्ता सेयर बिक्री हुँदा १ अर्ब ६६ करोड ६९ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

आज १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २६ कम्पनीका सेयरधनीले कमाएका छन् । ६ वटाको भने उही मूल्यमा कारोबार भएको छ । आज शुभम् पावरको सेयर ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले ३२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । बाँकी कम्पनीको उल्लेख्य दरले सेयर बढेको छैन ।

लगानीकर्ताले आज ६.५५ प्रतिशतसम्म गुमाएका छन् । आज शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २१ लाखको कारोबार भएको छ ।

यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ । बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु