काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोहोरो अंकले घट्यो नेप्से

7.1K
shares

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो । कुल २६० कम्पनीको आइतबार ४७ लाख ७२ हजार कित्ता सेयर बिक्री हुँदा १ अर्ब ६६ करोड ६९ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

आज १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २६ कम्पनीका सेयरधनीले कमाएका छन् । ६ वटाको भने उही मूल्यमा कारोबार भएको छ । आज शुभम् पावरको सेयर ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले ३२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । बाँकी कम्पनीको उल्लेख्य दरले सेयर बढेको छैन ।

लगानीकर्ताले आज ६.५५ प्रतिशतसम्म गुमाएका छन् । आज शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २१ लाखको कारोबार भएको छ ।

यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ । बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।