global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले दियो यूएईलाई २४९ रनको लक्ष्य

नेपालले दियो यूएईलाई २४९ रनको लक्ष्य

नेपालले दियो यूएईलाई २४९ रनको लक्ष्य

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रनको अर्धशतकीय इनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए ।

दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकीय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो । चौथो विकेट पछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो ।

यूएईका लागि जाहोर फरिद, जाहोर खान, रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए ।

पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई पराजित गरेको थियो । विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

यूएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । यूएई पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु