गृहपृष्ठ आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ । कम्पनीले आज बिहान गरेको बाँडफाँटअनुसार १६ हजार ९७५ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् ।
जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन् । आइपीओका लागि कुल १५ लाख ३८ हजार ४६६ जना आवेदकले आवेदन दिएकामा २ हजार २०३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएकाे छ ।
कम्पनीले कुल २ लाख ३ हजार ३८० कित्ता सर्वसाधारण सेयरमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको थियो । यस्तै, ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने गरी फागुन ११ गतेदेखि १५ गतेसम्म बिक्री खुला गरिएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । यसका साथै, आत्मनिर्भर लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
प्रकाशित समय : १४:१९ बजे


















