गृहपृष्ठ नामाकरणको विषयले कोशी प्रदेशमा हड्ताल, सार्वजनिक सवारी ठप्प
नामाकरणको विषयले कोशी प्रदेशमा हड्ताल, सार्वजनिक सवारी ठप्प
पहिचानवादीहरूले कोशी प्रदेशमा हड्ताल गरेका छन् ।
प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।
बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
प्रकाशित समय : ०९:५९ बजे



















