global ime bank Long Banner Ad

गृहपृष्ठ सिचुवान एयरलाइन्सले त्रिभुवन विमानस्थलमा साताको ४ उडान गर्ने

सिचुवान एयरलाइन्सले त्रिभुवन विमानस्थलमा साताको ४ उडान गर्ने

सिचुवान एयरलाइन्सले त्रिभुवन विमानस्थलमा साताको ४ उडान गर्ने

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुरु गर्ने भएको छ ।

सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुबाट साताको ४ उडान गर्ने कम्पनीले जनाएको हो । सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार स्थानीय समयअनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९९९ रुपैयाँ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेक-इन लगेज र ७ केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको सुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु