नारी दिवसमा पुरुष मार्च
वि.सं.२०७९ फागुन २४ बुधवार १०:२५
shares

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ ।
दिवसको अवसरमा युवालय लगायतका विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे ।
मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । महिला–पुरुष बरीबरी नभएसम्म समृद्ध राष्ट्र नबन्ने भन्दै महिला अधिकारका लागि पुरुष जागरण पनि उत्तिकै अपरिहार्य रहेको उनीहरूले बताए ।
हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
हुन त यस दिवसलाई नारी दिवस भन्ने कि महिला श्रमिक दिवस रु भन्ने कुरामा समेत विवाद देखिने गरेको छ । शब्दमा जे भने पनि यस दिनलाई नारीको त्याग र समाजप्रतिको बलिदानको सम्झनाको दिनको रूपमा लिइन्छ ।
त्यसैले मार्च ८ लाई महिलाहरूप्रतिको प्रेम, प्रशंसा, आदर र सम्मानको दिनको रूपमा संसारभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।






















