काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने मत

3.78K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ ।

राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाही लगायतका नेताहरु छन् । अर्का एक नेताले भने अधिकांश नेताहरु तटस्थ बस्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘तर बैठकले के निर्णय गर्छ हेरौं,’ ती नेताले भने ।

यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु भने कुनै एक उम्मेदवारलाई मत दिनुपर्छ भन्ने पक्षमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा लिङ्देनको नेतृत्वमा सहभागी भएको थियो । तर सत्ता समीकरणमा फेरबदल आएपछि राप्रपाले सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिएको थियो ।

एमालेको समेत समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई दिनुपर्ने पक्षमा उभिएपछि राप्रपाले फागुन १३ गते सरकार छाडेको थियो । राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ दुवैले हालै राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाई भेटेर भोट मागेका थिए । तर अहिलेसम्म राप्रपाका नेताहरु कतै खुलेका छैनन् ।

संघीय संसदमा राप्रपाका १४ र प्रदेश सभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उसको कूल मतभार २ हजार ४५० छ ।