global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘लो क्वालिटी’का पर्यटकहरूको ‘हब’ बन्दै नेपाल

‘लो क्वालिटी’का पर्यटकहरूको ‘हब’ बन्दै नेपाल

‘लो क्वालिटी’का पर्यटकहरूको ‘हब’ बन्दै नेपाल

निनाम लोवात्ती

हालसालै नेपाल पर्यटन बोर्ड (एनटीबी)लाई उद्धृत गर्दै विभिन्नि सञ्चारमाध्यमले लेखेअनुसार सन् २०२३ को पहिलो दुई महिना अर्थात् जनवरी र फेब्रुअरीमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याले एक लाख २८ नाघेको छ । त्यसमध्ये जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको थिए भने फेब्रुअरीमा चाहिँ ७३ हजार २५५ जना विदेशी पर्यटक नेपाल आएको तथ्यांक छ ।

त्यसो त हाम्रो देशमा सन् २०२२ मा पनि अनपेक्षित ढंगले नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या बढेको थियो । किनभने, हामीले औपचारिक रुपमा बाहिर जे भनिएको र प्रचारप्रसार गरिएको भए तापनि सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढीमा चार लाखदेखि साढे चार लाखसम्म पुग्ला कि ? भन्ने अनुमान गरिएको थियो । तर, अनुमानविपरीत सन् २०२२ मा छ लाख १४ हजार १२८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

जुन संख्यालाई नेपाली पर्यटन व्यवसायीहरुले अपेक्षा गरेका थिएनन् । जे भए तापनि अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने भन्ने विषयका साथसाथै उनीहरुको नेपाल बसाई अवधि र नेपाल बसाईको क्रममा उनीहरुले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्ने ? भन्ने सम्बन्धमा पनि हामीले विचार-मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।

हुन त यो वर्षको पहिलो महिनामा जस्तै बाँकी ११ महिनामा पनि लगातार रुपमा तीन गुणाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेमा सन् २०२३ मा १९ लाख चानचुन विदेशी पर्यटक नेपाल भित्रिने देखिन्छ । तर, त्यस्तो त सम्भव देखिँदैन । सन् २०२३ मा बढीमा साढे नौ लाखदेखि १० लाख अथवा साढे १० लाखसम्म विदेशी पर्यटक नेपाल आउलान् कि ? जे भए तापनि अब हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउनुका साथै उनीहरुलाई दिइने सेवाको गुणस्तरलाई पनि ध्यान दिँदै जानुपर्ने देखिन्छ । हुन पनि नेपालले मात्रै नभएर आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटक पैसा खर्च गर्न सक्ने होस् भन्ने प्रयास विश्वभरिका देशहरुले गर्ने गरेको देखिन्छ ।

छिमेकी देश भुटान, नेपालको उत्तरी छिमेकी देश चीन, फ्रान्स, जर्मनी, इटली, माल्दिभ्स, नर्वे, अष्ट्रिया, नेदरल्यान्ड, सिंगापुर, मकाउ, हङकङ, भियतनाम, युगान्डा, कम्बोडिया, इन्डोनेयिा, फिलिपिन्स, टर्की आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । अझ उत्तरी छिमेकी देश चीन र भुटानले त आफ्नाे देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरुका लागि ‘तिमीहरुले हाम्रो देशमा भ्रमण गर्ने क्रममा दैनिक यति अमेरिकी डलर खर्च गर्नैपर्छ’ भनी सीमा नै तोकिदिएको छ भने बाँकी देशरुहले पनि आ-आफ्नाे देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरुका लागि दैनिक रुपमा प्रतिदिन यति डलर खर्च गर्नेपर्छ भनी सीमा नै नतोकेको भए तापनि सकेसम्म धेरैभन्दा धेरै खर्च गर्न सक्ने पर्यटकलाई मात्रै भित्र्याउनेतर्फ ध्यान दिएका छन् ।

हुन पनि हालसम्म हाम्रो देश नेपाल चाहिँ पर्यटन क्षेत्रको भाषामा ‘ब्याक-प्याकर’ अथवा ‘वेस्ट टुरिस्ट’ (वातावरण, स्थानीय संस्कार, संस्कृति, रहनसहन आदि नष्ट गर्ने) पनि भनिने कम खर्च गर्ने हल्लाखल्ला धेरै गर्ने ‘लो क्वालिटी’का विदेशी पर्यटकको ‘हब’ नै भएको देखिन्छ । त्यस्ता विदेशी पर्यटकहरु आफूले खाएको र बसेको ‘रेस्टुरेन्ट, होटल, लज, होम स्टे, गेस्ट हाउस’ आदिमा खाएको, बसेको खर्चमा छुट माग्नेसम्म गरेको देखिन्छ । अब त्यस्ता विदेशी पर्यटकको संख्या वार्षिक रुपमा २५ लाख, ३० लाख, ३५ लाख मात्र होइन, ४५ लाख ५० लाख, ५५ लाख, ६० लाख नै नेपाल भ्रमण गर्न आए तापनि नेपाली पर्यटन क्षेत्रले आर्थिक रुपमा अपेक्षित फाइदा लिन सक्दैन भन्ने पक्का छ । त्यसमाथि नेपालमा हवाई उडान गर्ने प्रायः सबै हवाई सेवा कम्पनी विदेशी एयरलाइन्सहरु नै रहेका छन् । भएका केही नेपाली एयरलाइन्सहरु पनि भारत, हङकङ, कतार, चीन, साउदी अरब, मलेसिया आदि देशका सीमित सहरमा मात्रै उडान गरिरहेका छन् ।

त्यस कारणले गर्दा हालसम्म नेपाल आउने जति पनि विदेशी पर्यटकहरु छन्, उनीहरुमध्ये धेरैजसोले अधिकांश विदेशी कम्पनीका एयरलाइन्समै यात्रा गर्ने गरेका छन् । जसको सिधा असर उनीहरुले यात्रा गर्ने क्रममा तिरेको टिकटको पैसा पनि विदेशमै गइरहेको छ । यसरी हेर्दा जति विदेशी पर्यटक नेपाल भ्रमण गर्न आइरहेका छन्, उनीहरुले टिकटवापत तिर्ने गरेको रकम पनि विदेशी एयरलाइन्सहरुलाई नै कमाउन नदिन स्वदेशी एयरलाइन्सहरुलाई विभिन्न देशमा उडान गर्न दिन नेपाल सरकारले ती देशका सरकारसँग पहल गर्नुपर्ने देखिन्छ । त्यसैले हामीले अब नेपाली एयरलाइन्सहरुलाई जतिसक्दो धेरै देशमा हवाई उडान गर्न प्रोत्साहित गर्नुपर्छ ।

कोरोनाभाइरसको महामारी हाल लगभग मत्थर भएको छ । हुन त पछिल्लो समय कोरोनाभाइरसको नयाँ (चिकित्सकीय भाषामा भेरियन्ट) रुपमा फैलिरहेको छ, छैन ? भन्ने सम्बन्धमा आजभोलि खासै समाचारहरु आएको थाहा छैन । तर, अब कोरोना महामारीको नयाँ ‘भेरियन्ट’ फैलिहाले पनि सम्भवतः त्यति असदार रहने छैनन्, जति सुरुका दिनमा फैलिएको कोरोनाभाइरसको असर रहेको थियो ।

यसरी हेर्दा कोरोनाभाइरसको महामारीका कारण सन् २०२० र सन् २०२१ मा जसरी विश्व पर्यटन क्षेत्रमा ‘डाउन-फल’ भयो, अब (सन् २०२३ देखि) विश्व पर्यटन क्षेत्रमा ‘तथ्यांकको ब्यारोमिटर’ बढ्ने क्रम सुरु हुने देखिन्छ, देखिइएको पनि छ ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु