global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन बियर सार्वजनिक, मूल्य कति ?

हिमालयन बियर सार्वजनिक, मूल्य कति ?

हिमालयन बियर सार्वजनिक, मूल्य कति ?

सीजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ ।

लोकप्रिय ‘होली चाड’लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो ।

चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु-रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियरभन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ । ‘फर द वन हु डेयरस्’ नारामा लन्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनी ले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनी लिएको छ ।

अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन् । हिमालयन बियर को प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाईमा पर्ने कम्पनीको विश्वास छ । हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन् । यस बियर को ६५० एमएलको बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ ।

लामो र गौरवमय इतिहास बोकेको हिमालयन ब्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाडाैं र कमाण्डो जस्ता बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु