global ime bank Long Banner Ad

गृहपृष्ठ ‘आफ्नै स्वाद र संस्कार-संस्कृतिमा आधारित नेपाली मोडलको पर्यटन आवश्यक’

‘आफ्नै स्वाद र संस्कार-संस्कृतिमा आधारित नेपाली मोडलको पर्यटन आवश्यक’

‘आफ्नै स्वाद र संस्कार-संस्कृतिमा आधारित नेपाली मोडलको पर्यटन आवश्यक’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नु पर्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको ‘धरान एक्स्पो २०७९’को समापन समारोहमा बोल्दै मन्त्री किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने धारणा राखे । पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतिको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनु पर्ने कुरामा उनले ध्यानाकर्षण गराउँदै मन्त्री किरातीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधिमैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्नेमा जोड दिए ।

पूर्वमन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई स्थानीय उत्पादनको ब्राण्डिङमा समेत जोड दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकीकृत अवधारणा आवश्यक रहेको बताए ।

उनले पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवर्द्धन गर्नु पर्ने पूर्वको समग्र पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिए । उनले हिल स्टेशनको अवधारणाअनुरुप पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थ्रुप्रै पर्यटक नेपाल ल्याउन सकिने समेत बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरानबाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए । विगतदेखि नै पर्यटन बोर्डले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जोड दिएको बताउँदै यो एक्स्पोले धरान र यस वरपरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न १३० वटा स्टल रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु