काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिने तयारीमा

9.58K
shares

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको भएपनि गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अझै अन्तिम समझदारी नभइसकेको सांसदहरुले बताएका छन् ।

संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । तर माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर ‘पावरसेयरिङ’ को विषय निर्क्योल हुनुपर्ने बताएको कांग्रेस सांसद मेघराज खड्काले बताए । यस्तै, नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिमा सभापति माग गरेको कांग्रेस सांसदहरुले बताए ।

विश्वासको मत लिन बोलाइएको बैठकको समय नजिकिदै जाँदा नेताहरुले केन्द्रमा शीर्ष तहबाटै सबै छिनोफानो भएर सकुर्लर आउने बताएका छन् ।