काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘संकटबाट जोगाउन आर्थिक सहयोग वृद्धि गर’

5.84K
shares

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माहामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटहरू सामना गरिरहेका अतिकम विकसित देशहरुको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरुसमक्ष आग्रह गरेका छन् । कतारको दोहामा जारी अतिकम विकसित राष्ट्रहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विकास साझेदारहरुसँग सहयोग प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरे ।

‘बढ्दो ऋण तथा मुद्रास्फितीको चुनौतीलाई जित्नका लागि ऋण सहुलियतसहित औपचारिक विकास सहयोगमा विस्तार गर्न ठोस कदम चाल्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

श्रेष्ठले धेरै संकटहरुको सामना गर्दै आएका अतिकम विकसित देशहरुका लागि उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठूलो लगानी आवश्यकता रहेको बताए ।

‘अतिकम विकसित देशहरुलाई गुणस्तरीय र दिगो उर्जा, यातायात र डिजिटल कनेक्टिभिटीको भरपर्दो पूर्वाधार अहिले झनै आवश्यक भएको छ,’ श्रेष्ठले भने ।

यस क्रममा उनले सबैभन्दा जोखिममा रहेको समाजलाई सुरक्षित गर्न र विकास तथा मानव स्रोतको सम्भावना उपयोगका लागि सामाजिक सुरक्षाको समृद्धि र भरपर्दो स्वास्थ्य प्रणाली आवश्यक रहेको औंल्याएका थिए ।