टीसीएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन
वि.सं.२०७९ फागुन १९ शुक्रवार १८:३३
shares

टीसीएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ ।
यो क्याम्पमा ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ सेवा लिन सक्नेछन् । जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उचित मूल्यांकनमा टीसीएलको एसीसँग साट्न पनि सकिने कम्पनीले जनाएको छ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले फोन नम्बरहरू ९८०३६२१९२४ र ९८६४४७५५६९ वा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्ने कम्पनीले जनाएको छ । यो सुविधा ग्राहकहरुले घरमै बसेर पनि लिन सक्नेछन् ।
रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिने छ । नयाँ टीसीएल एसीहरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको जनाइएकाे छ ।

























