काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुण्डाईको नयाँ ‘ग्रान्ड आई१० नियोस’ सार्वजनिक, मूल्य कति ?

10.19K
shares

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्रान्ड आई१० नियोसको फेसलिफ्ट भर्सन भित्र्याएको छ ।

हुण्डाई ग्रान्ड आई१० नियोसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्रान्ड आई१० नियोस कम्पनीले प्रवर्द्धन गरेजस्तै ‘मोर, द मेरियर’ छ ।

पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षाजस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ । हुण्डाई ग्रान्ड आई१० नियोस समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषतासहित तयार गरिएका छन् । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलईडी टेल लाइट्सजडित लाइटबारले नयाँ ग्रान्ड आई१० नियोसलाई विशिष्ट स्वरूप दिएको छ ।

नयाँ ग्रान्ड आई१० नियोस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ । १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो ह्याचब्याकको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन् ।

एमटी अप्सनमा एरा, म्याग्ना र स्पोर्ट्ज भेरियन्ट र एएमटी अप्सनमा म्याग्ना र स्पोर्ट्ज भेरियन्ट उपलब्ध रहने नयाँ ग्रान्ड आई१० नियोसको प्रारम्भिक मूल्य २९.९६ लाख कायम गरिएको छ ।