global ime bank Long Banner Ad

गृहपृष्ठ हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक विस्तारको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।

कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ ।

यसअघि फागुन १ गतेदेखि हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं र हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङकाठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको छ ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु